१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैंकिङ कसुरमा एमाले नेता एवं लुम्विनी प्रदेशका पूर्व मन्त्री यादव पक्राउ


819
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् ।

यादवलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक दिएका थिए । तर खातामा पैसा नभएपछि विजयबहादुर यादवविरुद्ध चेक बाउन्सको मुद्दा परेको थियो ।मुद्दा दर्तापछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

विजयबहादुर २०७४ को निर्वाचनमा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’बाट जसपाबाट निर्वाचित भएका थिए । तर पछि उनी लुम्बिनी प्रदेश सरकारमा पार्टीको निर्देशनविपरीत सहभागी भएको भन्दै कारपाहीमा परेका थिए । जसपाले कारबाही गरेपछि भने उनी गत चुनावअघि एमालेमा प्रवेश गरेका थिए ।

गत मंसिरमा भएको निर्वाचनमा एमालेबाट प्रदेश सभामा प्रतिस्पर्धा गरे पनि उनी जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।