
Picture:Web
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा सोमबारबाट घटाएको छ ।
आइतबार सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको हो ।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेपछि त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।
यातायातको घटाएको भाडादर सोमबारदेखि नै लागू हुने यातायात ब्यवस्था विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्