२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चालु आर्थिक वर्षको पहिलो दिन शेयर बजारमा हरियाली


442
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार नेप्से २.२४ प्रतिशतले बढेर २१४४.१६ बिन्दुमा बन्द भएको छ ।सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । म्युचुअल फण्डबाहेक सोमबार सबै उपसूचकहरु हरियो देखिए । अघिल्लो दिन आइतबार शेयर कारोबार २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको भएकोमा सोमबार भने उक्त रकम बढेर २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ पुगेको छ । सोमबार सबैभन्दा धेरै प्रतिशत ४.१४ विकास बैंकका लगानीकर्ताले कमाए । वित्त, होटल एण्ड टुरिजम र बैंकिङ सव इण्डेक्समा समेत लगानीकर्ताको आकर्षण देखियो ।

सोमबार २५७ धितोपत्रको ५० हजार २९९ वटा कारोबारबाट ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच भएको छ । सोमबार शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, साइन रेसुंगा विकास बैंक, सोल्टी होटलसहितका धितोपत्रको धेरै कारोबार भएको छ । सेयरमूल्य सर्वाधिक घट्नेमा कुमारी धनवृद्धि योजना रहेको छ ।