१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले महिलासम्बन्धि संघ, संगठनहरुलाई आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेमा जोड


143
Shares

काठमाडौं । प्रतिनिधिसभाकी पूर्वउपसभामुख पुष्पा भुसालले महिलासम्बन्धि संघ, संगठनलाई स्वावलम्बी बनाउने गरी आवश्यक बजेटको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्नु भएको छ ।

सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक मामिला समितिको सिंहदरवारमा बसेको बैठकमा उहाँले सो कुरा बताउनु भएको हो । संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध भेदभाव उन्मुलन गर्ने समिति–सिडको सदस्य राष्ट्र भएकाले नेपाल सरकारले महिलासम्बन्धि संघ, संगठनका लागि आवश्यक नीति र बजेटको अभाव हुन दिन नहुने पूर्वउपसभामुख भुसालले स्मरण गराउनु भयो । उहाँले महिला विरुद्ध हुने भेदभाव उन्मूलन सम्बन्धि कानुनको परिमार्जन र त्यसको कार्यान्वयनका निम्ति महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगको कामबारे अनुगमन गर्न पनि संघीय संसद र विषयगत समितिलाई आग्रह गर्नु भयो ।

पूर्वउपसभामुख भुसालले नेपालले सो समितिमा महिला विरुद्धको भेदभाव उन्मूलनबारे गरेको कामको प्रतिवेदन ४/४ वर्षमा पेश गर्नुपर्ने भएकाले संघीय संसदले त्यसबारे नेपाल सरकारलाई सचेत गराउन आवश्यक रहेको तर्क समेत गर्नु भयो ।