७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


इलाममा ज्येष्ठ नागरिक आश्रमलाई सेनाले गर्‍यो सहयोग


468
Shares

इलाम । इलामको रणशार्दूल गणले माइखोलामा रहेको माई भगवती ज्येष्ठ नागरिक आश्रममा सहयोग गरेको छ ।

साहाराविहीनलाई सहयोग गर्नु सेनाको कर्तव्य भएको भन्दै ज्येष्ठ नागरिकलाई आश्रम पुगेर सेनाले सहयोग गरेको हो ।

आश्रममा रहेका १४ जना ज्येष्ठ नागरिकलाई १६ थान दराज सहयोग गरेको गणपती सुनिल सुवेदीले जानकारी दिनुभयो । विपद् र अन्य समयमा पनि नजिकको सहयोगी निकाय सेना भएको भन्दै सेनाले सामाजिक काममा सहयोग गर्ने गुल्पपति सुवेदीले बताउनुभयो ।

पछिल्लो समयमा नेपाली सेनाले सडकलगायतका गौरवका आयोजना निर्माणदेखि सामाजिक काममा समेत सक्रिय हुँदै आएको छ ।