१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्च अदालतको आदेशपछि पनि फोहोर विसर्जनमा समस्या


4.212k
Shares

काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा समस्या भएको छ ।

सर्वोच्च अदालतले सोमबार फोहोर विसर्जनमा अवरोध नगर्न आदेश दिएपनि प्रभावित क्षेत्रका वासिन्दाले उक्त आदेश मानेका छैनन् । ल्याण्डफिल साइट क्षेत्रबाट मानव वस्ती हटाउनुपर्ने उनीहरुको बटमलाइन रहेको छ ।

आफुसँग भएका पुराना सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेसी नगरपालिकाका स्थानीय सोमबारबाट आन्दोलनमा उत्रिएका हुन् ।

सोमबार उनीहरुले काठमाडौंबाट फोहोर लिएर गएका झण्डै पाँच दर्जन गाडीहरुलाई फर्काइदिए । यस्तै मंगलबार पनि फोहोरका ट्रक आए आक्रमण गर्ने चेतावनी स्थानियवासीले दिएपछि काठमाडौं महानगरले मंगलबार फोहोर बोकेका गाडी पठाएको छैन ।

सर्वोच्च अदालतले सोमबार फोहोर विसर्जनमा अवरोध नगर्न आदेश दिएपनि प्रभावित क्षेत्रका वासिन्दाले उक्त आदेश मानेका छैनन् । ल्याण्डफिल साइट क्षेत्रबाट मानव वस्ती हटाउनुपर्ने उनीहरुको बटमलाइन रहेको छ ।