७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


तेह्रथुममा किराँतीहरुले मनाए साउने संक्रान्ति


169
Shares

तेह्रथुम । तेह्रथुमका किराँत समुदायले साउने सक्रान्तिको अवसरमा सिसेक्पा तङ्नाम पर्व मनाएका छन् ।

किराँतीहरूले आफ्नो इष्ट देवको सम्मानमा साउने संक्रान्तिका दिन नयाँ पाकेका फलफूल र अन्नबाली चढाउने, डोरीमा तुनेर ढोका माथि झूण्ड्याउने र घरवरीपरी सिउरीने गर्दछन् ।

बिहानै खेतबारी नजीकको जङ्गलतिर गई पाकेका मकै, फलफुल संकलन गरी ल्याउने गरिन्छ । बाबियोको डोरीमा लस्करै अढ्याई ढोकामाथि झुण्ड्याउने र तागेरा निङ्वाभुमाङ ईश्वरलाई चढाउने परम्परा रहेको छ ।

सो दिन साँझ मीठो मसिनो खाने चलन पनि रहेको आदिवासी जनजाती समन्वय परिषद महासंघका अध्यक्ष वलदेव सिं तुम्बाहाङफेले बताए ।

यस्तै, बच्चादेखि वृद्धवृद्धासम्मले घर भित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुम्ने चलन छ ।