२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कांग्रेसले गर्ने भयो विपी साहित्य महोत्सव


104
Shares

काठमाडौं । नेपाली कांग्रेसले विपी साहित्य महोत्सव गर्ने भएको छ।

मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक पहिलो पटक लाइभ गरेर उक्त कुराको जानकारी कांग्रेस महामन्त्री गगन थापाले दिनु भएको हो ।

महामन्त्री थापाले भदौ २४ गते विपी स्मृति दिवसको अवसर पारेर दुई दिने साहित्य महोत्सव गर्न लागेको बताउनुभयो । महोत्सव कांग्रेस केन्द्रीय कार्यालयले आयोजना गर्नेछ ।

महामन्त्री थापाले भन्नुभयो, यसअघि हाम्रा धेरै साथीहरू अरूले गरेका साहित्य महोत्सवमा अतिथि बनेर जाने गरेका थियौं। अब हामीले अरूलाई बोलाउँछौं,’ ।