
बझाङ । बझाङमा नुन अभाव भएको छ ।
बझाङको थलारा गाउँपालिका– ९ फकालीका स्थानीयले नुन लिन सदरमुकाम जानुपर्ने भएपछि समस्या नभएको गुनासो गरेका हुन् ।
सदरमुकाम जाँदा पनि साल्ट्र ट्रेडिङले प्रति परिवार ५ पोका मात्रै नुन दिने गरेको स्थानीयको गुनासो छ ।
१०५ रुपैयाँको नुन लिन जाँदा हजार रुपैयाँ खर्च हुने गरेको त्यहाँका स्थानीयको दुखेसो छ । साल्ट्र ट्रेडिङका अनुसार भनेजति नुन दिएको खण्डमा बझाङमा नुन नै अपुग हुने भएका कारण सबैलाई मिलाएर दिन परेको हो ।
नुनको कोटा थप गर्न सम्बन्धित निकायसँग माग गरेको साल्ट्रेनिङ डीपो कार्यालय बझाङका प्रमुख नर बहादुर भाटले बताउनुभयो ।
यता, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले नुनको दुरुपयोग भयो भन्ने गुनासो आएपछि हप्ताको एक दिन आइतबार मात्रै वितरण गर्ने गरेको र एक परिवारलाई ५ किलो मात्रै उपलब्ध गर्ने निर्णय गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्