८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


रुस–युक्रेन युद्ध एक दिनमा समाप्त गर्ने ट्रम्पको दाबी


7.605k
Shares

trump obama biden president election

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफू पुनः सत्तामा आए रुस–युक्रेन युद्ध एक दिनमा समाप्त पारिदिने दाबी गर्नुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग आफ्नो गहिरो सम्बन्ध रहेको भन्दै ट्रम्पले एक वर्ष भन्दा लामो समयदेखि चलिरहेको युद्ध एक दिनमा समाप्त पार्ने दाबी गर्नुभएको हो ।

आफू सत्तामा आए पुटिनलाई युद्ध रोक्न लगाउने र युद्ध नरोक युक्रेनलाई अमेरिकाले अहिलेसम्म नदिएको सहयोग दिने चेतावनी दिने पनि ट्रम्पको भनाइ छ । ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई युद्ध रोक्न मनाउन त्यस्तै स्मार्ट मान्छेहरु परिचालन गर्नुपर्ने बताउनुभयो ।

फ्रेञ्च राष्ट्रपति म्यानुएल म्याक्रों पनि निकै स्मार्ट रहेको भन्दै ट्रम्पले अमेरिकाको अहिलेको नेतृत्वलाई कसको के क्षमता हो भन्ने थाहा नभएको आरोप पनि लगाउनुभयो ।