१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एमाले अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान


325
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नुभएको छ ।

कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको ६ सदस्यीय टोली मंगलबार राति कम्बोडिया प्रस्थान गरेको हो ।

टोलीमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन् । ओलीले आफू विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिनुभएको छ ।

साथै पार्टी संसदीय दलको नेताको जिम्मेवारी उपाध्यक्ष सुवास नेम्वाङले पाउनुभएको छ । अध्यक्ष ओली यही साउन ८ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।