
तेह्रथुम । तेह्रथुम र धनकुटाको संगमस्थल चित्रे बजारमा लाग्ने ऐतिहासिक राँके मेलामा यस वर्ष भिड बढेको छ ।
साउन २ गतेदेखी लाग्ने मेला यसबर्ष १ गतेदेखी नै लागेको छ । पुर्वको पर्यटकीय स्थल टिएमजे क्षेत्रको प्रवेशद्वार मानिएको चित्रे बजारमा २ सय वर्षभन्दा पहिलेदेखी यो मेला लाग्दै आएको स्थानीयहरुको भनाई छ ।
राँके मेलालाई फलफुलको मेलाको रुपमा लिने गरिन्छ । यहाँ कटहर, आँप, भुईकटहर, लिची लगायतका स्थानीय फलफुल बिक्रीका लागि ल्याउने गरिन्छ । मेला भर्न आउनेहरुले कोशेलीका रुपमा बजारबाट स्थानीय उत्पादन खरिद गरेर लैजाने गरेका छन् ।
किसानहरुले रोपाइँ सकेर यो मेला भर्न आउने चलन छ । मेलालाई आकर्षक बनाउन सांगितिक कार्यक्रमका साथै धाननाच पनि प्रस्तुत गर्न थालिएको छ । तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, सुनसरी र मोरङ लगायतका जिल्लाबाट मेला भर्न जाने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्