७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


फिदिममा अटो दुर्घटना हुँदा एकको मृत्यु


260
Shares

काठमाडौं । पाँचथरको फिदिममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् ।

फिदिम – ६ शिवाबाट फिदिम बजार तर्फ जाँदै गरेको प्र १–०१–००१ स ८७०५ नम्बरको अटो बुधबार बिहान शनिबारे नजिक दुर्घटना भएको हो । अटो अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनामा फिदिम–६ की ५५ वर्षीया हरिमाया तुम्रोकको मृत्यु भएको हो । अन्य घाइतेहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।