१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोकर्णमा फेला पर्‍यो प्राचिन कुवा


7.449k
Shares

काठमाडौं । काठमाडौंस्थित गोकर्णमा प्राचिन कुवा फेला परेको छ ।

गोकर्णेश्वर नगरपालिकाको बालुवा गाउँमा अंशुवर्माको ऐतिहासिक अभिलेख र लिच्छवीकालिन बौद्ध चैत्य नजिक कुवा फेला परेको स्थानीयले जनाएका छन् ।

कुवा प्लटिङ्ग गरिएको निजी जग्गामा फेला परेको हो ।

प्रा. डा. गौतमबीर बज्राचार्यका अनुसार कुवा अंशुवर्माकालिन हुन सक्छ । उहाँले तत्काल कुवा भएको क्षेत्रमा अनुसन्धान गरी संरक्षण गर्न पुरातत्व विभागलाई आग्रह गर्नुभएको छ । सो क्षेत्रमा प्राचिन इँटा र टेराकोटाका सामग्रीसमेत फेला परेका छन् ।