२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेप्से ११ अंकले बढ्यो


52
Shares

काठमाडौं । शेयर बजारमा लगातार चौथो कारोबार दिन दोहोरो अंकको सुधार जारी रह्यो ।

बुधबार पनि उतार चढावबीच बजार परिसूचक नेप्से ११ अंकले उकालो लागेर २१ सय ६५ पुग्यो ।

बुधबार मात्र ५ वटा समूह उकालो लागेर बाँकी समूह ओरालो लाग्दा साढें ३ अर्ब हाराहारीमा कारोबार भयो । व्यापार, वाणिज्य बैंक, विकास बैंक, उत्पादनमूलक र सामूहिक लगानी कोष समूह उकालो लाग्दा बाँकी ओरालो लागे ।

व्यापार समूहमा झण्डै ५ प्रतिशतको वृृद्धि आउँदा वाणिज्य बैंक समूह पनि करिब साढें २ प्रतिशतले उकालो लाग्यो । विकास बैंक र उत्पादनमूलक समूहमा पनि १ प्रतिशत बढीको वृृद्धि आयो । बांकी समूह सामान्य अंकले ओरालो लागे ।

बुधबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६० कम्पनीको ८६ लाख ७४ हजार कित्ता शेयर ३ अर्ब ३५ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।