१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालको शिक्षा समायानुकुल भएन : चन्द्र भण्डारी


273
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समायानुकुल नभएको बताउनुभएको छ ।

बुधबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद भण्डारीले नेपालको शिक्षा नीति अरुको लागि उत्पादन गरिदिने थलो भएको तर नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको बताउनुभयो । उहाँले नेपालको समयानुकुल शिक्षा नीति नहुँदा विद्यार्थीहरु विदेश पलायन भइरहेको बताउनुभयो ।

सांसद भण्डारीले प्राथमिक शिक्षा, क्याम्पस शिक्षा र उच्च शिक्षा गरी तीन क्षेत्रमै नेपालमा चुनौति रहेको भन्दै समयानुसार पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने विश्वविद्यालय सञ्चालन भइरहनुभएको अर्थ नरहेको जिकिर गर्नुभयो । सांसद भण्डारीले नतिजा समयमा ननिस्किने, परीक्षा समयमा नहुने, पाठ्यपुस्तक समयमा नै विद्यार्थीले नपाउने लगायतका समस्या अहिले पनि विद्यमान रहेको बताउनुभयो ।

सांसद भण्डारीले नेपालमा कुन शिक्षाको प्रणाली अपनाउने हो त्यो स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले नेपालमा नयाँ तरिकाबाट शिक्षाका बारेमा नसोचेसम्म विद्यार्थीहरुल पलायन हुने क्रम नरोकिने दाबी गर्नुभयो ।