
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो ।
सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा अर्थमन्त्री महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र उपलब्धिमुलक रहको दाबी गर्नुभएको हो ।
अर्थमन्त्री महतले जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पाउनु उपलब्धि भएको उहाँले उल्लेख गर्नुभयो । यसैगरी, भारत र चिनियाँ अर्थमन्त्रीहरुसँग दुई पक्षीय भेटघाटमा लगानी र व्यापारका विषयमा छलफल भएको पनि उहाँले जानकारी गराउभुयो ।
यस्तै, गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धी र महत्वका रुपमा लिनुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
जी–२० विकसित र अल्प विकसित राष्ट्रहरुको समूह हो । नेपाल जी–२० को सदस्य होइन, तर आमन्त्रण गरेको हुनाले कम विकसित देशहरुको समस्या जी–२० को फोरममा राख्ने महत्वपूर्ण अवसर प्राप्त भएको मन्त्री महतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्