२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


शेयर बजारमा सामान्य गिरावट, ३ अर्बको कारोबार


104
Shares

काठमाडौं । पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै आएको शेयर बजारमा साताको अन्तिम दिन झिनो करेक्सन आयो ।

तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से करिब डेढ अंकले रातो रहेर २१ सय ६३ कायम भएर थामियो । बिहीबार पनि सुरुवाती समयमा उकालो लागेको नेप्सेको वृृद्धि अन्तिमसम्म टिक्न नसकेको हो ।

कारोबार केही खुम्चिएर ३ अर्बमा सीमित भयो । बिहीबार ५ वटा समूह सकारात्मक रहँदा ८ वटा ऋणात्मक रहे । व्यापार समूहमा ६ प्रतिशतमाथिको उच्च वृृद्धि आयो । उत्पादनमूलक र जलविद्युत समूह १ प्रतिशत हाराहारीमा उकालो लाग्दा वाणिज्य बैंक, विकास बैंक र विकास बैंक समूह झिनो अंकले हरियो रहे । बाँकी समूह ओरालो लाग्दा बीमा र सामूहिक लगानी कोषा १ प्रतिशत हाराहारीमा गिरावट आयो ।

बिहीबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६४ कम्पनीको ८४ लाख २४ हजार कित्ता शेयर ३ अर्ब ५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । बिहीबार पनि विशाल बजार कम्पनी र लिबर्टी ईनर्जीका लगानीकर्ताले १० प्रतिशत कमाए ।