१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलामका किसानले अदुवाको उचित मूल्य पाएनन्


3.705k
Shares

इलाम । इलाम अत्याधिक अदुवा उत्पादन हुने जिल्लाको रुपमा चिनिन्छ ।

किसानले उत्पादन गरेको अदुवा भारत र झापा बढी निर्यात हुने गरेको छ ।

किसानहरुले भने उत्पादन भए पनि व्यापारीबाट उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् ।

किसानले उत्पादन गरेको अदुवालगायतका कृषिउपजको मूल्य तोकेर बजारीकरण गरीदिन माग गर्दै आएका छन् ।

किसानले प्रति घर झण्डै दुईसय मन अदुवा उत्पादन गर्दे आएका छन् । अदुवा यहाँका किसानको नगदेबाली भएकाले अदुवा खेती नगर्ने किसालेसमेत प्रति घर पाँचदेखि दशमन अदुवा उत्पादन गर्ने गरेका छन् ।

पछिल्लो समय अन्यबाली मासेर अदुवा खेतीमा लागेका किसानले उचित मूल्य तोकिदिन सम्बन्धि निकायसँग माग गरेको अदुवा किसान रेशम पोखरेलले बताउनुभयो । व्यापारीहरुले घरघरमै आएर अदुवा उठाउने गरेकाछन भने केही किसानले झापासम्म पुर्‍याउने गरेका छन् ।