
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ ।
बिहीबार पार्टी केन्द्रिय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा केन्द्रिय कार्यसमिति सदस्यहरुले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्नसक्ने बताउनुभयो । उहाँले केन्द्रिय कार्यसमिति सदस्यहरुले बैठकमा पार्टीगत, समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको बताउनुभयो ।
नेता पौडेलले बैठक शुक्रबार र आइतबार बस्ने बताउनुभयो । उहाँले शुक्रबार बिहान ११ बजे बैठक बस्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्