८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सहुलियतपूर्ण कृषि कर्जामा गोल्यानको रजगज


3.887k
Shares

भद्रपुर । साना किसानलाई व्यावसायिक बनाउँदै उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियतपूर्ण कृषि कर्जामा ठूला उद्योगी व्यवसायीले रजगज चलाएका छन् । वास्तविक र साना किसानले बैंकबाट सहुलियतपूर्ण कृषि कर्जा पाउन गाह्रो छ । तर, ठूला व्यापारी र बैंक सञ्चालकहरू भने आफैंले सहुलियत कर्जा सुविधा लिएर राज्यलाई गुमराहमा पारेका छन् ।

किसानका नाममा सहुलियतपूर्ण कृषि कर्जा लिने व्यावसायिक समूहमा गोल्यान समूह सबैभन्दा अगाडि रहेको छ । बैंक, बिमा, होटल, जलविद्युत्, धागोलगायतका उद्योगमा लगानी रहेको गोल्यान समूहले व्यावसायिक कृषिका नाममा करोडौं रुपियाँको सहुलियतपूर्ण कृषि कर्जा लिएर वास्तविक कृषकको भाग खोस्ने काम गरेको छ ।

गोल्यान समूहका सञ्चालक पवन गोल्यान एनएमबी र नेपाल धागो उत्पादक संघ, नेपाल बै‌ंक तथा वित्तीय संस्था परिसंघ ९सीबीफीन० लगायतका संस्थाका अध्यक्षसमेत हुन् । वर्षेनी अर्बांै रुपियाँको कारोबार र करोडौं रुपियाँ मुनाफा गर्ने समूहले साना किसानका नाममा राज्यले दिएको सुविधामा ¥याल काढ्दा आलोचित एवम् विवादमा समेत तानिएका हुन् ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।