
जनकपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत किसिमले आएको बताउनु भएको छ ।
शुक्रबार जनकपुर बिमानस्थलमा संचारकर्मीको प्रश्नमा उहाँले यस्तो बताउनु भएको हो । मन्त्री शर्माले कसैले गतल नियतले महरालाई सुनमा जोडेर अफवाह फैलाएको र त्यसमा स्वयं महराले नै खण्डन गरिसकेको उल्लेख गर्नुभयो ।
उहाँले मुलुकमा देखिएको हरेक प्रकारको बेथितिलाई समाप्त गर्न सरकार दृढ रहेको पनि बताउनु भयो । मन्त्री शर्माले सरकारले नागरिकता समस्या समाधान गरेको भन्दै छिट्टै नागरिकता सम्बन्धी नियमावली निर्माणमा सरकार केन्द्रित हुने बताउनुभय
प्रतिक्रिया दिनुहोस्