
काठमाडौं । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले कांग्रेस केन्द्रिय समितिको बैठकमा अधिकांश सांसदहरुले पार्टी संगठनमा एकरुपता, पार्टी संगठनमा एकता र जनस्तरसम्म कार्यक्रम लैजाने गरीको कार्यक्रम पास गरेर अघि बढ्नुपर्ने धारणा राखेको बताउनुभएको छ ।
शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समितिको पाँचौ दिनको बैठकमा केन्द्रिय सदस्यहरुले यस्तो धाराण राखेको नेता विश्वकर्माले बताउनुभएको हो । उहाँले शुक्रबारको बैठकमा ३४ जना सदस्यहरुले बोल्नुभएको र किसान, मजदुर र विभिन्न पेशा व्यवसायमा आवद्ध मानिसहरुलाई पनि काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले सम्बोधन गर्नुपर्ने धाराणा राख्नुभएको बताउनुभयो ।
बैठकपछि बोल्दै नेता गोपालमान श्रेष्ठले चुनावका कारण केन्द्रिय समितिको बैठक बस्न केही ढिलो भएको बताउनुभयो । उहाँले पार्टीमा अब विवाद गर्नु नहुने बताउँदै सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
बैठकपछि बोल्दै पार्टीकी सहमहामन्त्री डिना उपाध्यायले महामन्त्री गगनकुमार थापाले ल्याउनुभएको कार्यक्रममा सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो । उहाँले बैठकमा नेताहरुले दिएका सुझावलाई पनि आत्मसाथ गरेर पार्टीले सबै तहका नेता, कार्यकर्ताहरुको वितृष्णा सम्बोधन गर्नेगरी अघि बढ्ने बताउनुभयो ।
बैठकपछि बोल्दै नेता आनन्द ढुंगानाले केन्द्रिय सदस्यहरुले पार्टीमा कसैलाई दबाब नदिएको बताउनुभयो । उहाँले केन्द्रिय सदस्यहरुले राखेका सुझावलाई समेटेर महामन्त्री थापाले राख्नुभएको कार्यक्रम पारित हुने बताउनुभयो ।
नेता ढुंगानाले पार्टीका केन्द्रिय सदस्यहरुका सुझावहरुलाई समेटेर जनस्तमुखी कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्