७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


मेस्सीको डेब्यु खेलमा मियामी विजयी


3.536k
Shares

काठमाडौं । लिओनल मेसीले डेब्यु खेलमै गरेको गोलको मद्दतले इन्टर मियामी विजयी भएको छ ।

लिग कप साउथ अन्तर्गत समूह सी को खेलमा मेसीले इन्जुरी टाइमको चौथो मिनेटमा फ्रिकिकमार्फत गोल गरेपछि इन्टर मियामीले क्रुज अजुललाई २–१ ले पराजित गरेको हो ।

मेसी डेब्यु खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । त्यसअघि थोमस टेलरले ४४औं मिनेटमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । क्रुजका उरियल अन्टुनाले ६५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

तर,मेसीले इन्जुरी टाइममा गोल गर्दै इन्टर मियामीलाई जित दिलाए । मेसी यसै समरमा पेरिस सेन्ट जर्मेन छाडेर मेजर सकर लिग क्लब इन्टर मियामी पुगेका हुन् ।