
काठमाडौं । पछिल्लो समय जुम्लामा एकै रातमा सात घर र एक ट्याक्टरमा आगजनी भएको छ ।
घरमा आगो लगाउनेदेखि चोरीडकैतीजस्ता गतिविधि बढेको छ । गुठीचौर गाउँपालिका वडा नं ४ मा अक्षत समूहले शुक्रबार राती ७ वटा घरमा आगजनी गरेको छ ।
राति अन्दाजी साढे २ बजेतिर वडाका विभिन्न गाउँका ७ वटा घरमा आगजनी भएको हो । धवलपुर गाउँका प्रेमप्रसाद न्यौपाने र खडान्द पाण्डेको घर, बाउली गाउँका कविदत्त न्यौपानेको घर, खल्लाबाडामा कविदत्त न्यौपाने र लालचन्द्र सार्कीको घर तथा बिगारे गाउँमा भीमप्रसाद जैशीको घरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
यता, चन्दननाथ नगरपालिका–१ डुढाखोंच भन्ने ठाउँका रतनबहादुर बुढाको घरमा पनि आगजनी भएको छ । गुठीचौरकै वडा नं ५ को धितागाउँमा पार्किङ गरी राखेको ट्याक्टरमा समेत अज्ञात समूहले आगो लगाएको छ ।
गुठीचौरमा दैनिकजसो यस्ता घटनाहरु बढ्न थालेपछि सुरक्षा चुनौती थपिएको छ । यसअघि गत असार २६ गते गुठीचौर गाउँपालिका– ४ वालुमा पार्किङ गरी राखिएको अटोमा अज्ञात व्यक्तिले आगजनी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्