
काठमाडौं । पछिल्लो एक वर्षमा मुलुकमा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेको छ ।
नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९/८० मा पेट्रोलियम पदार्थको आयात १३ प्रतिशतले घटेर दुई खर्ब ८१ अर्ब ७३ करोड २६ लाख रुपैयाँ बराबरको २७ लाख ८२ हजार ८३२ किलोलिटर आयात भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/ ७९ मा तीन खर्ब आठ अर्बको ३१ लाख ८९ हजार ७१६ किलोलिटर आयात भएको थियो । त्यतिबेला रुस–युक्रेनको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दै गएपछि दोब्बर रुपैयाँको आयात भएको थियो ।
यस्तै, पेट्रोलको आयात ७ दशमलव ७५ प्रतिशतले घटेर छ लाख ७७ हजार ११६ किलोलिटर आयात भएको निगमको तथ्यांक छ । मटितेल आयात २४ दशमलव ६१ प्रतिशतले घटेर १३ हजार किलोलिटर आयात भएको छ । यस्तै, खाना पकाउने एलपिजी ग्यास भने ५ दशमलव ३४ प्रतिशतले घटेर पाँच लाख १२ हजार १७३ मेट्रिक टन आयात भएको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्