१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साउनको पहिलो साता हुँदा पनि लमजुङमा ६५ प्रतिशत मात्र धान रोपाइँ


364
Shares

काठमाडौं । साउनको पहिलो हप्ता बित्नै लाग्दा सम्म लमजुङ जिल्ला भित्र ६५ प्रतिशत मात्र रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्र लमजुङका अनुसार लमजुङमा हालसम्म झण्डै ६५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ ।

मनसुन केही ढिलो भित्रँदा रोपाइँ ढिलो भएको हाे । जिल्लाको राईनास, मध्यनेपाल, बेसीसहर र दोर्दीका केही ठाउँहरूमा धान रोपाइँ अझै बाँकी रहेको छ । पशु महामारीको रूपमा फैलिएको लम्पी स्किन रोगको कारण पनि किसानहरू मारमा परेको र रोपाइँ ढिला भएको हो ।

पानी नपरेका कारण रोपेको धानखेत समेत सुक्न थालेको छ । कृषि ज्ञान केन्द्रले गत वर्ष भन्दा केही कम मात्रामा जिल्लामा धान खेती हुने प्रक्षेपण गरिएको छ । कुलो र नहर नलाग्ने साथै पानी नपर्दा मूल फुट्न नसकेका कारण टारी खेतका किसानले आकासे पानीको भल छोपेर रोपाइँ गर्नुपर्ने बाध्यता छ ।

असारको पहिलो दोस्रो हप्ता पानी परेर रोप्न सकिने भए पनि समयमा पानी नपरेपछि समयमै बीउ राख्न नपाएकाले पनि समयमै धान रोप्न नपाएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रले यो वर्ष ९ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने अनुमान गरेको छ ।

विशेष गरी लमजुङको धमीलिकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, हाँडेटारलगायतका क्षेत्र धानका प्रमुख पकेट क्षेत्र मानिन्छ ।