१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जुम्लामा नुन अभाव नरहेको साल्ट ट्रेडिङको भनाई


312
Shares

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले जुम्लामा नुनको अभाव नरहेकोे जनाएको छ ।

साल्ट ट्रेडिङले जुम्ला सदरमुकाम खलङ्गामा रहेको कार्यालयमा पर्याप्त मात्रमा नुन पुगेको जनाएको हो । साल्ट ट्रेडिङले सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल नुन रहेको जनाइएको छ ।

अबको केही सातापछि आठवटै स्थानीय तहका वडाबाटै वडाको मागबमोजिम नुन बिक्री वितरण गरिने साल्ट ट्रेडिङको दाबी छ ।