
काठमाडौं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधीले पार्टीको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आईतबारको केन्द्रिय समिति बैठकमा बोल्दै उहाँले पार्टीमा व्यक्ति र नाम परिवर्तन गर्नु आवश्यक नरहेको भन्दै दृष्टिकोण परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो ।
उहाँले पार्टीको दृष्टिकोण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली अनुरुपको हुनुपर्ने बताउनुभयो । उहाँले संविधान र कानूनलाई संशोधन गरेर भएपनि प्रदेशहरुको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
निधीले अहिलेको लागि गठबन्धन ठिक भएपनि आगामी निर्वाचनमा भने काँग्रेस एक्लैले बहुमत ल्याउनेगरी निर्वाचनको तयारी गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्