
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरुलाई खुइल्याउने काम नगर्न आग्रह गर्नुभएको छ
आइतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै उहाँले नेतृत्वलाई अनावश्यक गालि गलौज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गर्नुभएको हो । उहाँले सामाजिक सञ्जालबाट नियोजित किसिमले बिरोध गर्नेकुरा कसैले कहीँबाट पनि गर्नु नहुने बताउनु भयो ।
महतले आपसमा गालिगलौज नगरी एकतावद्ध भएर अगाडी बढेमा कांग्रेसलाई कसैले बिस्थापित गर्न नसक्ने उहाँले बताउनु भयो । उहाँले पार्टीभित्र अनुशासनको आवश्यकता रहेको बताउनु भयो ।उहाँले पार्टीभित्र मतभिन्नताहरु भएपनि निर्वाचनका बखत पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउनुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्