१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पौडीमा नासिरको नयाँ राष्ट्रिय कीर्तिमान


338
Shares

काठमाडौं । नेपाली पौडीबाज नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वल्ड एक्वाटिक च्याम्पियनसीप २०२३ मार्फत नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

नासिरले ४ सय मिटर फ्रिस्टायलमा ४ मिनट ८.२३ सेकेन्ड समयका साथ आफ्नै नामको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन् । यसअघि नासिरको नाममा ४ मिनेट १२.१७ सेकेन्ड समयमो राष्ट्रिय किर्तिमान थियो ।

नासिरले उक्त किर्तिमान असारमा आयोजना भएको ११ औं एनएसए कप पौडी प्रतियोगितामा राखेका थिए । अब सोमबार नासिरले पुरुष २०० मिटर फ्रिस्टायल र गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।