१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मेक्सिकोमा एक व्यक्तिले क्लबमा आगो लगाउँदा ११ जनाको मृत्यु


260
Shares

एजेन्सी । उत्तरी मेक्सिकोमा रक्सीले मातेका व्यक्तिले रात्रि क्लबमा आगो लगाउँदा ११ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

उत्तरी राज्य सोनोराको सान लुइस रियो कोलोराडोको एक बारमा शनिबार यो घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

आगलागीमा सात जना पुरुष र चार जना महिलाको मृत्यु भएको हो । रक्सीले मातेका एक व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा बारमा आगो झोसेको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

उनले बारमा रहेका महिलामाथि अभद्र व्यवहार गरेपछि उनलाई बारबाट निष्कासन गरिएको थियो । सान लुइस रियो कोलोराडोका मेयर सान्तोस गोन्जालेज येस्कासले आक्रमणलाई दुःखद घटना भन्नुभएको छ । घटनापछि भागेका अपराधी खोज्न अनुसन्धान निकाय र विज्ञ सेवाले काम गरिरहेको जनाइएको छ ।