१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महिला विश्वकप फुटबलमा इटालीको विजयी सुरूवात


377
Shares

काठमाडौं । महिला विश्वकप फुटबलमा इटालीले विजयी सुरूवात गरेको छ ।

न्यूजिल्यान्डको इडेन पार्कमा सोमबार भएको समूह ‘जी’ को खेलमा अर्जेन्टिनालाई १–० गोलले हराउँदै इटालीले जित दर्ता गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ८७औँ मिनेटमा क्रिस्टियाना गिरेलीले गोल गर्दै इटालीलाई जित दिलाएकी थिइन् ।

इटाली सन् २०१९ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको थियो । अर्जेन्टिनाले भने अहिलेसम्म महिला विश्वकप जित्न सकेको छैन ।

समूह ‘जी’ मा रहेका इटाली र स्विडेनले समूह चरणको पहिलो खेलमा जित दर्ता गरेका छन् ।

दुवैले समान तीन–तीन अंक जोड्दा साउथ अफ्रिका र अर्जेन्टिना अंकविहीन छन् ।