८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चीनमा एक विद्यालयको व्यायामशालाको छाना भत्किँदा ११ जनाको मृत्य


364
Shares

एजेन्सी । चीनमा एक विद्यालयको व्यायामशालाको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको छ ।

चीनको उत्तरपूर्वी क्षेत्रकोे किकिहारमा प्रान्तमा रहेको ब्यायामशालाको छत भत्कंदा सो भवनको संरचना पूर्णरुपमा क्षतिग्रस्त भएको हो ।

सो भवनको छतमा पानी संकलनका लागि अवैध संरचना बनाएको र अत्यधिक भारका कारण उक्त भवन भत्केको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।

घटनाको समयमा सो ब्यायामशालामा १९ जना रहेकामा चार जनालाई भग्नावशेषबाट उद्दार गरिएको र अन्य चार जना भने भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ ।

२० वर्षअघि निर्माण गरिएको व्यायामशाला जीर्ण भएकै कारण भत्केको भत्केको अनुमान गरिएको छ ।