१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश गरेका होइनौं : खड्का


429
Shares

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश नगरेको बताउनुभएको छ ।

सोमबार बसेको केन्द्रिय समितिको बैठकमा बोल्दै उपसभापति खड्काले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेसले सरकारसँग आफ्ना एजेण्डालाई सम्झौता गरेर अघि नबढ्ने पनि बताउनुभयो ।

उहाँले गठबन्धनको सीमा पनि बुझेको उल्लेख गर्दै गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित कांग्रेस सरकारमा गएको स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनलाई ५ वर्ष लिएर जानुपर्ने र ५ वर्षमा सरकारले आर्थिक अवस्थाअनुसारको जनतालाई दिनुपर्ने सेवाका सन्दर्भमा पनि स्पष्ट रहेको बताउनुभयो ।

उपसभापति खड्काले नेपाली कांग्रेसभित्र भावनात्मक सम्बन्ध कमजोर बन्दै गएको पनि बताउनुभयो । उहाँले समाजवादी मोर्चा कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराएर नै भएको बताउनभुयो । कांग्रेस केन्द्रिय समितिको बैठक साउन १० गते साँझ ४ बजे बस्नेगरी आजका लागि स्थगित भएको छ ।