
फाइल तस्विर
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा मंगलबार बिहानै पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिंदा यात्रुहरु अलपत्र परेका छन् ।
पहिरो पन्छाउने क्रम जारी रहे पनि वर्षा भईरहेकाले पहिरो पन्छाउन मुश्किल भएको बताइएको छ ।
वर्षायाम सुरू भए यता यो सडकखण धेरै पटक अवरुद्ध भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्