
डडेल्धुरा । डडेल्धुरामा संघीय तथा प्रदेश सरकारको गरी २५ प्रतिशत बजेट फ्रिज भएको छ ।
संघीय सरकारले उपलब्ध गराएको पुँजिगत तर्फको कुल बजेट २४ करोड ९८ लाख ८ हजार मध्ये १२ करोड १३ लाख ७८ हजार अर्थात ४८ दशमलब ५८ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय डडेल्धुराले जनाएको छ ।
तर, साधारणतर्फ भने ५ अर्ब ५ करोड ९९ लाखको बजेटको ९८ प्रतिशत अर्थात ४ अर्ब ५८ करोड ३७ लाख खर्च भएको छ । यस्तै, प्रदेश सरकारको चालुतर्फ ४८ करोड ७९ लाख र पूँजिगततर्फ १ अर्ब ९९ करोड ९६ लाख गरि ३ अर्ब १४ करोड ५८ लाख मध्ये २ अर्ब ४८ करोड ७५ लाख २७ हजार अथवा ७९ प्रतिशत खर्च भएको छ ।
जिल्लामा संघिय र प्रदेशबाट विकास निर्माणका लागि प्राप्त हुने २ अर्ब ८० करोड ४९ लाख मध्ये २ अर्ब १२ करोड ८ लाख मध्ये ६८ करोड ४ लाख खर्च भएको छ ।
प्रतिक्रिया दिनुहोस्