
काठमाडौं । हेटौंडाबाट कुलेखानी हुदै काठमाडौंको सतुङ्गल जोड्ने सडकको म्याद तीन पटक थप हुँदासमेत निर्माण कार्य पूरा हुन सकेको छैन ।
ट्रयाक खोलेको २० बर्ष भईसक्दा पनि सडक निर्माण हुन सकेको छैन् । हेटौंडालाई काठमाडौंसम्म जोड्ने यो सडकको कुल लम्बाई ६१ किलोमिटर मात्रै छ । २ खण्डमा विभाजन गरेर निर्माण कार्य भइरहे पनि सडक निर्माणको काम निकै सुस्त छ । सडकको दुवै खण्ड निर्माण कार्य १८ महिनामा सम्पन्न हुनुपर्नेमा तीन पटक म्याद थप हुँदा पनि सडकको काम पूरा हुन भएको छैन ।
प्रतिक्रिया दिनुहोस्