
इलाम । इलाममा मापदण्ड अनुसार सञ्चालन नभएका मेडिकलमा तालाबन्दी गरीएको छ ।
मंगलबार इलाम बजारका २ वटा मेडिकल र १ वटा डेन्टल क्लिनीकमा ताला लगाइएको छ । इलाम सदरमुकामस्थित दुुर्गा मेडिकलमा फर हस्पिटल सप्लाई वन्ली लेखेको औषधी अनुगमन टोलीले फेला पारेको हो ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनले बजारका विभिन्न मेडिकलको अनुगमन गरेको थियो । दुर्गा मेडिकल एउटाका नाममा दर्ता रहेको र अर्कैले चलाएको समेत पाइएको अनुगमन टोलिले जनाएको छ ।
दुुर्गा मेडिकलमा अनुुगमन थालिएपछि हस्पिटल नजिकै रहेको अर्को मेडिकल पनि वन्द गरीएको थियो । टोलीले मापदण्ड अनुसार सञ्चालन नभएको भन्दै हिमाल डेन्टललाई पनि बन्द गरेको छ ।
प्रतिक्रिया दिनुहोस्