८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो छैन : विमलेन्द्र निधी


169
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गर्नुभएको छ ।

मंगलबार पार्टी नेता शशांक कोईरालाद्वारा काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा कम्युनिष्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भएपनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी कांग्रेस मात्रै रहेको जिकिर गर्नुभयो । उहाँले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्नेकुरा नरहेको बताउनुभयो ।

नेता निधीले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको बताउनुभयो । उहाँले कांग्रेस संविधानको सफल कार्यान्वयन र जनता र देशको हीतमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य रहेको बताउनुभयो ।

नेता निधीले एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्नेकुरामा कांग्रेस केन्द्रिय समिति बैठकमा छलफल भएको बताउनुभयो ।