२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कांग्रेसले अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको छ : रमेश लेखक


572
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा कांग्रेस नेता शशांक कोईरालाले आयोजना गर्नु भएको चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वभाविक प्रक्रिया रहेको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले केन्द्रिय समितिको बैठक राम्रोसँग सञ्चालन भइरहेको र बैठकको निर्णय बुधवार सार्वजनिक हुने बताउनुभयो । उहाँले बैठकले आम नागरिकको जनजीविका बारेमा विशेष छलफल गरेको बताउनुभयो ।

प्रमुख सचेतक लेखकले केन्द्रिय समितिको बैठक प्रत्यक्ष प्रशारण गर्नु राम्रो भएको बताउनुभयो ।