
काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
यही साउन २० र २१ गते बोलाइएको बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने सो पार्टीका एक नेताले जानकारी दिए । नेकपा एसले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर संगठनलाई थप विस्तार गर्ने तयारी गरेको छ । बैठकले पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना तथा रणनीति तयार गर्नेछ ।
केन्द्रीय कमिटी बैठक अघि साउन १८ र १९ गते बस्ने पोलिट्ब्यूरो बैठकले पार्टीका सबै जनवर्गीय संगठनको कार्यसम्पादनको समीक्षा गर्ने बताइएको छ । पोलिट्व्यूरोअघि साउन १६ र १७ गते पार्टीको स्थायी कमिटीको बैठक बस्ने छ । साउन १५ गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी,पोलिट्ब्यूरो र केन्द्रीय कमिटीको प्रस्ताव तयार पार्नेछ
प्रतिक्रिया दिनुहोस्