२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


क्यासी बनिन् विश्वकप खेल्ने सानाे उमेरकाे खेलाडी


4.433k
Shares

काठमाडौं । २४ वर्ष पुरानो रेकर्ड तोड्दै दक्षिण कोरियाकी क्यासी फेयर विश्वकप खेल्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन् ।

अस्ट्रेलिया र न्युजिल्यान्डमा जारी फिफा महिला विश्वकप २०२३ मा डेब्यू गरेकी फेयर सबैभन्दा कान्छी खेलाडी बनेकी हुन् । मंगलबार कोलोम्बोविरुद्धको खेलमा ७८ औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा फरवार्ड फेयर मैदान छिरेकी थिइन् ।

उनले नाइजेरियाकी स्ट्राइकर इफेनी चिजाइनको नाममा रहेको कीर्तिमान आफ्नो नाममा गरेकी छन् । इफेनीले सन् १९९९ मा १६ वर्ष ३४ दिनमा विश्वकपमा डेब्यु गरेकी थिइन् । १६ वर्ष २६ दिनकी क्यासी चोइ युरीको स्थान लिर्दै मैदान छिरेकी हुन् ।

अमेरिकी मुलकी क्यासीले २६ दिनअघि आफ्नो १६ औँ जन्मदिन मनाएकी थिइन् । सन् २०२३ को फिफा महिला विश्वकपका बोलाइनु अघि उनी दक्षिण कोरियाको यू–१७ को टोलीमा थिइन् ।