
काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरुको सम्पती छानबिन गर्न छानबिन समिति आयोग गठन गर्नुपर्ने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फरक कांग्रेसीहरुले राजनीतिक दलका उच्च तहका नेताहरुको सम्पती विवरण छानबिन गर्न सरकारसँग आग्रह गर्नुपर्ने बताउनुभएको हो । उहाँले उच्च तहका नेताहरुको सम्पती छानबिन गरी रुपान्तरणको अभियान शुरु गर्नुपर्ने बताउनुभयो ।
उपसभापति गुरुङले उच्च तहका नेताको सम्पती अब चाँडै नै छानबिन हुने बताउनुभयो । उहाँले रुपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रुपान्तरण सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले भ्रष्टाचारका ठूला-ठूला काण्डहरुको फाइल खोल्दै अनियमितता गर्नेहरुलाई कानूनी कठघरामा उभ्याउने बताउनुभयो ।
निष्ठा, विचार र सिद्धान्तको कुरामा मन्त्री पदको पर्वाह नरहेको बताउनुभयो । उपसभापति गुरुङले रुपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५ औं अधिवेशनबाट पार्टी नेतृत्व रुपान्तरण हुने बताउनुभयो ।
उहाँले १५ औं महाधिवेशनमा पार्टीको सभापति बदल्ने लक्ष्य लिएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । १५ औं पार्टी महाधिवेशनमा डा. शेखर कोईरालालाई पार्टीको सभापति बनाउने उद्घोष गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्