१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अटोमोबाइल क्षेत्रबाट अपेक्षा गरे अनुरुपको मौद्रिक नीति आएन : अध्यक्ष थापा


104
Shares

काठमाडाैं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल क्षेत्रबाट अपेक्षा गरे अनुरुपको मौद्रिक नीति नआएको बताउनुभएको छ ।

नाडाका अध्यक्ष थापाले आइतबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रले दिएका सुझाव र अपेक्षा अनुसारको मौद्रिक नीति नआएको बताउनुभयो । मंगलबार सञ्चारकर्मीहरूसँग मौद्रिक नीतिबारे प्रतिक्रिया दिँदै अटोमोबाइल क्षेत्रलाई मौद्रिक नीतिले उपेक्षा गरेको बताउनुभयो ।

उहाँले अटोमोबाइल क्षेत्रले मौद्रिक नीतिबाट धेरै अपेक्षा गरेको भएपनि अर्थतन्त्र सकारात्मक मोडमा हुँदा समेत अपेक्षा अनरुपको मौद्रिक नीति पाउन नसकिएको गुनासो गर्नुभयो। उहाँले लामो समयदेखि थला परेको अटोमोबाइल क्षेत्रल हायर पर्चेज कर्जाको जोखिमभार र लोन टु भ्यालु रेसियो र चालुपुँजी कर्जामा सहजिकरणको माग राख्दा पनि राष्ट्र बैंकले सम्बोधन गर्न नसकेको बताउनु भयो। ।

उहाँले राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गनिर्देशनलाई पुनरावलोकन गर्ने भनेकाले केही आशा रहेको बताउनु भयो। उहाँले लोन टु भ्यालु रेसियोको विषयमा मौद्रिक नीतिले केही नबोलेको भन्दै सर्कुलरमा केही आउने अपेक्षा रहेको बताउनु भयो । उहाँले अटोमोबाइल क्षेत्र सबैभन्दा जोखिममा परेको हायर पर्चेज कर्जाको जोखिम भार रहेको भन्दै यसमा केही सम्बोधन भए पनि पर्याप्त नभएको बताउनु भयो ।

उहाँले २५ लाखसम्मको कर्जा भनेको अटोमोबाइल क्षेत्रको लागि एकदमै न्युन भएको बताउनुभयो। उहाँले २५ लाख कर्जामा जोखिमभार कम गर्दैमा अटोमोबाइल क्षेत्रमा सकारात्मक प्रभाव ल्याउन नसक्ने दाबी गर्नुभयो । उहाँले शेयर बजार,घरजग्गा कारोबार तथा अन्य व्यापार व्यवसाय चलायमान भए मात्रै अटोमोबाइल व्यवसाय चलायमान हुने बताउनुभयो । उहाँले निजी क्षेत्रमा जाने कर्जालाई संकुचन गर्दा अर्थतन्त्र चलायमान हुन नसक्ने बताउनुभयो ।

अध्यक्ष थापाले मौद्रिक नीतिको कारण बैंकको ब्याजदर घट्ने अवस्था नभएको भन्दै बैंकको ब्याजदर बढी भएकाले बैंकमा तरलता थुप्रिएर बस्दा पनि निजी क्षेत्रले कर्जा लिन नसकेको बताउनु भयो। अध्यक्ष थापाले मुलुकको अर्थतन्त्र चलायमान बनाउन अटोमोबाइल क्षेत्रको महत्वपूर्ण योगदान भएपनि राज्यले अटोमोबाइल क्षेत्रलाई हेरक पटक उपेक्षा गर्ने गरेको गुनासो गर्नुभयो ।

उहाँले सरकारले अटोमोबाइल क्षेत्रलाई राजश्वको स्रोतको रुपमा हेर्ने तर नीति निर्माण गर्दा अटोमोबाइलमैत्री नभएर बाहिर राख्ने गरेको बताउनुभयो । उहाँले अटो व्यवसायीहरुले ल्याएको ४ हजार भन्दा साडीहरु भन्सारमा नै थन्किएर बसेको बताउनु भयो। उहाँले अहिले धेरै अटोमोबाइल व्यवसायीहरु पलायन भइसकेको बताउनुभयो ।