
कामाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नु भएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्नु भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट झण्डै एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ परेको र मुख्य दोषी पक्राउ गर्न नसकेको भन्दै दुबैजना मन्त्रीको सांसद शर्माले राजीनामा माग गर्नुभएको हो ।
साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गरेको सो परिमाणको सुन बरामद गरेको थियो । प्रमुख बिपक्षी दल नेकपा एमाले लगायतका दलहरुले पनि सरकारको जवाफ माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्