
काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी फिफा महिला विश्वकप २०२३ मा एशियाली राष्ट्र जापान प्रि–क्वार्टरफाइनलनजिक पुगेको छ ।
समूह ‘सी’ मा रहेको जापानले लगातार दोस्रो जित हात पार्दै अन्तिम १६ को सम्भावना बलियो बनाएको हो । न्यूजिल्यान्डको डुनेडिन स्टेडियममा आज भएको खेलमा कोस्टारिकालाई २–० ले पराजित गर्दै जापानले दोस्रो जित हात पारेको हो । यसअघि जापानले पहिलो खेलमा जाम्बियालाई ५–० ले पराजित गरेको थियो । आजको खेलमा जापानलाई जित दिलाउन हिकारु नाओमोटो र आओबा फुजिनोले एक–एक गोल गरे ।
हिकारुले २५ औँ मिनेटमा गोल गर्दै जापानलाई अग्रता दिलाउँदा आओबाले २७ औँ मिनेटमा टिमका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरिन् । यससँगै जापानले २ खेलबाट ६ अंक जोडेको छ । यसै समूहमा रहेको स्पेनको ३ अंक छ ।
प्रतिक्रिया दिनुहोस्