१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चापाकोट नगरपालिकाले सुरु गर्‍यो बजार अनुगमन


507
Shares

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले बजार अनुगमन गर्न सुरु गरेको छ ।

नगरपालिकाले बर्खा लागेसँग कृतिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने जस्ता समस्या हुन नदिन बजार अनुगमन सुरु गरेको हो ।

बर्खामा हुन सक्ने कृतिम अभाव, मूल्य वृद्धि, मिसावट, म्याद नाघेका सामान बिक्री नियन्त्रणका लागि अनुगमनलाई तीव्रता दिएको चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुव्र खनालले जानकारी दिनुभयो ।

नगरपालिकाले व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउन बजार अनुगमन गरेको नगर उपप्रमुख इशा रानाले बताउनुभयो । अनुगमनमा नगरपालिकाका कर्मचारी, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, प्रहरी, नगर प्रहरीको उपस्थिति रहेको थियो ।