१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीमा जिप दुर्घटना हुँदा दुईजना घाइते


117
Shares

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटमा बिहीबार राती जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको जिप बिहीबार पौने १२ बजे तारलमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिनुभयो ।

दुर्घटनामा जिप चालक बैतडी, डिलाशैनी गाउँपालिका– १ का हेमन्त राना र सहचालक उमेश राना घाइते भएका छन् ।

घाइते चालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेलधुरा पठाइएको छ भने सहचालकको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

जिप सडकबाट एक सय मिटर तल खसेको थियो ।