२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता


351
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली भ्रमण गरी स्वदेश फर्किनुभएको छ ।

शुक्रवार बिहान प्रधानमन्त्री दाहाल इटालीको भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं ओर्लिनुभएको हो ।

उहाँलाई स्वागत गर्न विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतमन्त्रीहरु समेत विमानस्थल पुग्नुभएको थियो ।

उहाँलाई नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सलामी अर्पण गरेको छ । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ साउन ६ गते इटाली प्रस्थान गर्नुभएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न तथा अनुकुलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताउनुभएकोे थियो । सो क्रममा उहाँले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गर्नुभएको थियो ।